"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दश वर्षमा दश हजारभन्दा बढी वैदेशिक श्रमिकको मृत्यु

प्रकाशित मिति :  17 December, 2024 6:38 pm


काठमाडौं –  वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ को दश वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दश हजार दुई सय ७४ जनाले ज्यान गुमाएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८१ को अवसरमा मङ्गलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

जिफन्टले सामाजिक सुरक्षामा नियमित योगदान, श्रमिकको अधिकार संरक्षण भन्ने नाराका साथ यो वर्ष विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाउँदैछ । जिफन्टले सार्वजनिक गरेको फ्याक्टसीटमा यो आर्थिक वर्षमा मात्र एक हजार ४९२ जना नेपाली श्रमिकले ज्यान गुमाएको र ५७८ जना अङ्गभङ्ग भई स्वदेश फर्किएका छन् ।

यसैगरी, सन् २०१४/१५ मा एक हजार छ, २०१५/१६ मा ८१३, २०१६/१७ मा ७५५, २०१७/१८ मा ८२९, २०१८/१९ मा ७९६, २०१९/२० मा ६५६, २०२०/२१ मा एक हजार २४९, २०२१/२२ मा एक हजार ४७९ र २०२२/२३ मा एक हजार २०८ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीको सम्बन्धमा वर्षौदेखि मुलुकमा नै न्यायिक ज्यालासहितको रोजगारीका लागि माग गर्दै आएको भन्नुहुँदै वैदेशिक रोजगारीमा प्रस्थानदेखि स्वदेश फिर्ता हुँदासम्म सबै प्रकारका शोषणबाट मुक्ति, मर्यादित काम, सामाजिक सुरक्षा, संवाद र सम्मान आधारभूत अडानका विषय रहेको बताए ।

नेपाली श्रमिक युरोपका केही मुलुकमा रोजगारीका लागि जाने क्रम बढेको देखिएको छ । नेपाली श्रमिक गएको युरोपको तेस्रो र चौथो गन्तव्य मुलुक साइप्रस र माल्टा  छन् । आर्थिक वर्ष २०७९/८० मा रोमानियामा जाने नेपालीको सङ्ख्या १४ हजार २५० जना थियो । चालु आर्थिक वर्षमा १५ हजार ३६४ जना कामका लागि क्रोएसिया गएको तथ्याङ्क छ ।

यस्तै, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो वर्ष (२०८०/८१) मा श्रम स्वीकृति लिएका अदक्ष श्रमिक सङ्ख्या एक लाख ४५ हजार ५४७ छ भने दक्ष श्रमिकको सङ्ख्या पाँच लाख ७९ हजार ३७३ रहेको छ । सीप नभएका कारण विभिन्न देश पुगेका श्रमिकले समस्या झेल्नुपरेको अवस्था अझै कायम छ ।

अध्यक्ष श्रेष्ठले युरोपका मुलुकहरुमा रोजगारीमा पठाउने नाममा मेनपावर कम्पनी तथा अनधिकृत व्यक्तिले रकम असुल्ने, गन्तव्यमा पुर्‍याएर अलपत्र पार्ने गरेका घटनाप्रति सम्बनिधत निकाय गम्भीर हुन जरुरी देखिएको बताए । आकर्षक रोजगारी मिलाउने भनी आर्थिक ठगी र मानव तस्करी घटना रोक्न त्यस्ता कार्यमा संलग्न संस्था वा व्यक्तिलाई कारवाही गर्न कानुनमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

केही वर्ष यता एजेन्सी मार्फतभन्दा व्यक्तिगत माध्यमबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको छ । अध्यक्ष श्रेष्ठले श्रमिकलाई कुनै समस्या पर्दा जिम्मेवारी लिनुपर्ने हुँदा त्यस किसिमको जिम्मेवारीबाट बच्न व्यक्तिगत माध्यम प्रयोग गरेको स्पष्ट देखिएकोे बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्