"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनताको अपेक्षाअनुसार मन्त्रीहरूको कार्यसम्पादन नभएकोमा प्रधानमन्त्री असन्तुष्ट

प्रकाशित मिति :  20 December, 2024 9:28 pm


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको कार्यसम्पादनप्रति निराशा व्यक्त गरेका छन्। सरकारको नेतृत्व सम्हालेको पाँच महिना बितिसक्दा पनि जनताले आशा गरे अनुसार काम हुन नसकेको भन्दै उनले निराशा व्यक्त गरेका हुन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। अधिकांश मन्त्रालयबाट देखिनेगरी काम हुन नसकेको उनको भनाइ छ।

‘जनताले अपेक्षा गरे अनुसार सरकार खरो उत्रिन सकेको छैन। सरकार बनेको पाँच महिना बितिसक्दा पनि जनताले महसुस हुने गरी काम भएको छैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक मन्त्रीले भने,‘उहाँ निराश देखिनुहुन्थ्यो।’

प्रधानमन्त्री ओलीले सरकारप्रति जनताको भरोसा बढाउन कामको गतिलाई तीब्रता दिन मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

‘अधोगतिमै पुगिसेकका छैनौँ। तर, कामले गति लिन सकिरहेको छैन, यसरी भएन,’ उनले भने,‘कामको स्पीड बढाउनुपर्ने भयो, जनताले अनुभूति हुनेगरी काम गर्नुपर्‍यो।’

सरकारप्रति जनताको भरोसा र विश्वास पैदा हुनेगरी काम गर्न उनले निर्देशन दिएको ती मन्त्रीले बताए। प्रधानमन्त्री ओली कर्मचारीहरूको कार्यशैलीप्रति पनि असन्तुष्ट देखिएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद