"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी

प्रकाशित मिति :  6 January, 2025 10:16 pm


काठमाडौं – प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी परेका छन्। सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरि खतिवडाले ९२ वटा उजुरी परेकोमा ५८ वटा उजुरीहरू दर्ता गरिएको जानकारी दिए।

उनले बाँकी ३४ वटा उजुरीहरू अध्ययनका क्रममा रहेको जानकारी दिए। उजुरीहरूको बारेमा अध्ययन गर्नको लागि उपसमिति गठन गरेर अघि बढ्ने सभापति खतिवडाको भनाइ छ। उनले कतिपय उजुरीहरू समितिको कार्यक्षेत्रमा नपर्ने भएका कारण समितिको नियमावलीअनुसार सर्वसाधारणबाट प्राप्त उजुरीका सन्दर्भमा सुनुवाइ गर्ने बताए।

उनले भने, ‘अहिलेसम्म ५८ वटा उजुरीहरू सचिवालयमा दर्ता भएका छन्। कतिपय बेनामेहरू, चिठीबाट आएका अन्य ३४ वटा गरी ९२ वटा उजुरीहरू समितिमा पुगेका छन्। उजुरीहरूको सम्बन्धमा के गर्ने भनेर हामीले एउटा उपसमिति बनाउँछौं। कतिपय उजुरीहरू हाम्रो कार्यक्षेत्रभित्र पर्छन् कतिपय पर्दैनन्। हाम्रो समितिको नियमावलीमा सर्वसाधारणबाट प्राप्त उजुरीहरूको सुनुवाइ गर्ने भनेर उल्लेख गरिएको रहेछ। अब हामी यी उजुरीको बारेमा अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्छौं।’

बैठकमा अधिकांश सांसदहरुले समितिमा प्राप्त उजुरीहरूको अध्ययन उपसमिति गठन गर्नुपर्ने धारणा राखे। उपसमितिको प्रतिवेदनको आधारमा कार्यक्षेत्रमा पर्ने उजुरीहरूमा सुनुवाइ गर्नुपर्ने बताए।

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद