"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक संसद्मा

प्रकाशित मिति :  7 January, 2025 9:26 pm


काठमाडौँ – सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार राष्ट्रिय सभामा दर्ता गराएको छ ।

साउन ३२ मा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभामा दर्ता भएयता सरकारले सदनमा ल्याएको पछिल्ला दुई विधेयक राष्ट्रिय विधि विज्ञान र पानी जहाजसम्बन्धी हुन् । यही पुस १ मा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक दर्ता गराइएको थियो ।

राष्ट्रिय सभामा दर्ता भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमा वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुर्‍याउने प्रयोजनका लागि प्रयोगशालाको स्थापना तथा सञ्चालनसम्बन्धी विषयहरू उल्लेख छन् । जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखित, मालसमान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित प्राप्त वस्तुको परीक्षण गर्न सकिने विषयहरू विधेयकमा समेटिएको छ ।

वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुर्‍याउन प्रयोगशाला स्थापना गरिने उद्देश्य विधेयकले राखेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त विधेयक संसद्मा दर्ता गराएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले

काठमाडौँ — महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन थान रिट दर्ता भएका छन् । युवराज सफल, आयुष बडालसहित र

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका