"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक संसद्मा

प्रकाशित मिति :  7 January, 2025 9:26 pm


काठमाडौँ – सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार राष्ट्रिय सभामा दर्ता गराएको छ ।

साउन ३२ मा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभामा दर्ता भएयता सरकारले सदनमा ल्याएको पछिल्ला दुई विधेयक राष्ट्रिय विधि विज्ञान र पानी जहाजसम्बन्धी हुन् । यही पुस १ मा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक दर्ता गराइएको थियो ।

राष्ट्रिय सभामा दर्ता भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमा वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुर्‍याउने प्रयोजनका लागि प्रयोगशालाको स्थापना तथा सञ्चालनसम्बन्धी विषयहरू उल्लेख छन् । जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखित, मालसमान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित प्राप्त वस्तुको परीक्षण गर्न सकिने विषयहरू विधेयकमा समेटिएको छ ।

वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुर्‍याउन प्रयोगशाला स्थापना गरिने उद्देश्य विधेयकले राखेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त विधेयक संसद्मा दर्ता गराएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद