"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्लाई प्रभावकारी बनाउन चार दलका प्रमुख सचेतकको तयारी

प्रकाशित मिति :  17 January, 2025 2:05 pm


काठमाडौं – कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल भएको छ । शुक्रबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच छलफल भएको हो ।

छलफलमा चारै दलका मुख्य सचेतक र प्रमुख सचेतकहरू सहभागी थिए । ‘संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने विषय’ मा छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘कन्टेन र विधेयक अगाडि बढाउने प्रक्रियामा एक ठाउँमा उभिएर प्रभावकारी संयोजन गरेर जाने निष्कर्ष निस्किएको छ,’ बर्तौलाले  हाउसमै र संसदीय समितिमा विधेयक अड्किने प्रवृत्ति रोक्ने विषयमा पनि चार दलका नेताहरूबीच छलफल भएको छ ।

‘५/६ वर्षसम्म विधेयक सदनमा रहने अवस्था तोड्न पहल लिने र यसका लागि प्रतिनिधिसभा नियमावलीमा आकश्यक प्रबन्ध गर्ने विषयमा छलफल भएको छ,’ उनले भने । दलहरूले कानुन निर्माणमा समयसीमा राख्ने विषयमा समेत छलफल गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद