"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति भण्डारीद्वारा काष्ठमण्डपको लोकार्पण

प्रकाशित मिति :  4 April, 2022 4:41 pm


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको लोकार्पण गरेकी छन् । पुरातात्त्विक महत्त्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकालाई विश्वमै प्रकृति र संस्कृतिको सङ्गम थलोको रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी विकास निर्माणको कामलाई अघि बढाउन सम्बन्धित पक्षलाई विशेष महत्त्व दिन आग्रह गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरूले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताएकी छन् । काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुने गरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन पनि जनप्रतिनिधिहरूलाई राष्ट्रपति भण्डारीको आग्रह थियो ।

काठमाडौं उपत्यकाको हरियाली प्रवर्द्धन गर्ने, पानीका मूल बचाउने र जैविक विविधताहरूको रक्षा गर्ने कार्यमा पनि जोड दिनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

उनले आफ्नै स्रोत, साधन र सीपको परिचालन गरी काष्ठमण्डप पुनर्निर्माणको काम गर्नु राष्ट्रकै लागि खुसीको विषय भएको बताइन् । ‘जनताबाट छानिएको प्रतिनिधिबाट विकासका कार्यहरू संचालन भई जनताका दैनिक आवश्यकताहरूको प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम हो‚’ उनले भनिन् ।

नेपाली जनताको ठूलो त्याग र बलिदानको प्रतिफल स्वरुप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँच स्थापित गर्दै मुलुकको आर्थिक, सामाजिक रुपान्तरण हासिल गर्न संघीय तथा प्रदेश र स्थानीय सरकारलाई पनि अधिकार सम्पन्न बनाएको उनले बताइन् ।

‘संविधानको यस भावनालाई आत्मासात् गरी प्रत्येक जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नु पर्दछ,’ उनले भनिन्, ‘काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको अनुपम संगम मानिन्छ । हामीले भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई ठूलो महत्त्व दिनुपर्दछ ।’

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै सम्पदाप्रेमीहरू उत्साहित हुनेगरी आफूहरूले सम्पदा पुनर्निर्माणको कामलाई अघि बढाएको दाबी गरेका थिए । उनले काष्ठमण्डप पुनर्निर्माणको क्रममा देखिएको विवाद समाधानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीप्रति समेत आभार व्यक्त गरेका थिए ।

मेयर शाक्यले सम्पदाहरूको पुनर्निर्माणका लागि स्थानीयबासीको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गरे । मेयर शाक्यले २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका बाँकी सम्पदाहरूको पुनर्निर्माणको काम पनि छिट्टै सम्पन्न गर्ने आश्वासनसमेत दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्