"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अध्यादेशका विषयमा छलफल गर्न सत्तापक्षीय दलको बैठक बालुवाटारमा

प्रकाशित मिति :  15 February, 2025 1:25 pm


काठमाडौँ – संसद्मा पेस भएका अध्यादेशका विषयमा छलफल गर्न सत्तापक्षीय दलको बैठक बोलाइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (शनिबार) दिउँसो ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ। प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकमा अध्यादेशबारे छलफल हुनेछ।

सत्ता घटकका दलबीच सरकारले ल्याएका अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा असन्तुष्टि देखिएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आधिकारिकरूपमै भूमिसम्बन्धी अध्यादेशको विपक्षमा धारणा सार्वजनिक गरेका छन्।

यसबारे धारणा माग्न सत्ता घटकका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले बैठक डाकेका हुन्। कांग्रेस–एमाले जसरी पनि अध्यादेश पारित हुनुपर्नेमा छन्। यसअघि बसेको सत्ता संयन्त्रको बैठकमा पनि अध्यादेश पारित गरेर लैजाने निर्णय भएको थियो।

नेकपा एमालेका एक नेताका अनुसार जसपा–लोसपालाई एक बनाएर लैजानेबारे बैठकमा छलफल हुनेछ। यदि यी दल सहमतिमा नआए अध्यादेश पारित गर्न अन्य विकल्प खोज्ने योजना छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद