"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अध्यादेशका विषयमा छलफल गर्न सत्तापक्षीय दलको बैठक बालुवाटारमा

प्रकाशित मिति :  15 February, 2025 1:25 pm


काठमाडौँ – संसद्मा पेस भएका अध्यादेशका विषयमा छलफल गर्न सत्तापक्षीय दलको बैठक बोलाइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (शनिबार) दिउँसो ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ। प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकमा अध्यादेशबारे छलफल हुनेछ।

सत्ता घटकका दलबीच सरकारले ल्याएका अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा असन्तुष्टि देखिएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आधिकारिकरूपमै भूमिसम्बन्धी अध्यादेशको विपक्षमा धारणा सार्वजनिक गरेका छन्।

यसबारे धारणा माग्न सत्ता घटकका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले बैठक डाकेका हुन्। कांग्रेस–एमाले जसरी पनि अध्यादेश पारित हुनुपर्नेमा छन्। यसअघि बसेको सत्ता संयन्त्रको बैठकमा पनि अध्यादेश पारित गरेर लैजाने निर्णय भएको थियो।

नेकपा एमालेका एक नेताका अनुसार जसपा–लोसपालाई एक बनाएर लैजानेबारे बैठकमा छलफल हुनेछ। यदि यी दल सहमतिमा नआए अध्यादेश पारित गर्न अन्य विकल्प खोज्ने योजना छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी