"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्रिकेटको मुख्य प्रशिक्षकका लागि क्यानले माग्यो आवेदन

प्रकाशित मिति :  15 February, 2025 9:37 pm


काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ। क्यानले शनिबार सामाजिक सञ्जालमार्फत सूचना निकालेर मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको हो।

क्यानले ईसीबी वा क्रिकेट सीए लेभेल ३ वा सो सरहको मान्यतासहित पाँच वर्षको अनुभवी प्रशिक्षक माग गरेको छ। आवेदन २८ फेब्रुअरीसम्म दिन सकिने क्यानले जनाएको छ।

भारतीय प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल सकिएपछि क्यानले आवेदन खुलाएको हो। टी–२० विश्वकपपछि क्यानले देसाईसँगको सम्झौता नवीकरण नगर्ने जनाएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा