"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्रिकेटको मुख्य प्रशिक्षकका लागि क्यानले माग्यो आवेदन

प्रकाशित मिति :  15 February, 2025 9:37 pm


काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ। क्यानले शनिबार सामाजिक सञ्जालमार्फत सूचना निकालेर मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको हो।

क्यानले ईसीबी वा क्रिकेट सीए लेभेल ३ वा सो सरहको मान्यतासहित पाँच वर्षको अनुभवी प्रशिक्षक माग गरेको छ। आवेदन २८ फेब्रुअरीसम्म दिन सकिने क्यानले जनाएको छ।

भारतीय प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल सकिएपछि क्यानले आवेदन खुलाएको हो। टी–२० विश्वकपपछि क्यानले देसाईसँगको सम्झौता नवीकरण नगर्ने जनाएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको