"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : कीर्गिस्तानविरुद्ध नेपालको पहिलो जित

प्रकाशित मिति :  17 February, 2025 9:36 pm


काठमाडौँ – अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गतको खेलमा नेपालले कीर्गिस्तानविरुद्ध जित निकालेको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई १-० ले पराजित गरेको हो।

नेपालका लागि विमला चौधरीले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो। खेलको १०औं मिनेटमा दायाँ साइडबाट सबिता रानामगरले दिएको क्रसमा अर्की मिडफिल्डर विमलाले हेडमार्फत गोल गरेकी हुन्।

चार देश सम्मिलित प्रतियोगितामा जितसँगै नेपाल तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा लेबनानलाई ३–१ ले पराजित गरेको म्यानमार शीर्ष स्थानमा छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा