"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निमेष अविरलको ‘नदीको यात्रा’ सार्वजनिक

प्रकाशित मिति :  19 February, 2025 5:04 pm


ताप्लेजुङ – सिरिजङ्गा गाउँपालिका-४ तेल्लोकका कवि निमेष अविरल (रुकमान थेबे) को ‘नदीको यात्रा’ कविता सङ्ग्रह लोकार्पण भएको छ । दुई खण्डमा लेखिएको १७० पृष्ठको पुस्तकको कञ्चनजङ्गा साहित्यिक प्रतिष्ठानले बुधबार लोकार्पण गरेको हो ।

सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रममा साहित्यकारहरूले लोकार्पणसँगै कविता वाचन गरेका थिए । दुई खण्डको पुस्तकको पहिलो खण्डमा ५४ वटा गद्य कविता र दोस्रोमा ३२ वटा गीति गरी ८६ वटा कविता छन् । मातापिताको नाममा अविरलले प्रकाशन गरेको यो पहिलो कृति हो ।

कविता संग्रह अग्रज साहित्यकार तथा सङ्गीतकार भरत गुरुङलगायतले लोकार्पण गरेका थिएभनें पाँचथरका कवि दुःखी महल तिम्सिना र ताप्लेजुङका लेकाली कान्छा मुक्कुमले समिक्षा गरेका थिए । संग्रहमा देशभक्ति, राजनीतिक परिवेश, सामाजिक परिस्थितिजस्ता भावलाई चित्रित गरिएको छ । धरानका मेयर हर्क साङपाङदेखि गाउँमा टाँगिने दलका झण्डाका विषयमा व्यङ्ग्य गरिएको छ ।

शिक्षक पेशामा आबद्ध अविरलले विद्यालय र घर व्यवहारबाट बचेको समयलाई साहित्य सिर्जनामा लगाएको उल्लेख गरे । पहिलो कृति मार्फत जिल्लाको साहित्य क्षेत्रमा जोडिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको

काठमाडौँ – चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ। बोर्डले एक सूचना