"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निमेष अविरलको ‘नदीको यात्रा’ सार्वजनिक

प्रकाशित मिति :  ७ फाल्गुन २०८१, बुधबार १७:०४


ताप्लेजुङ – सिरिजङ्गा गाउँपालिका-४ तेल्लोकका कवि निमेष अविरल (रुकमान थेबे) को ‘नदीको यात्रा’ कविता सङ्ग्रह लोकार्पण भएको छ । दुई खण्डमा लेखिएको १७० पृष्ठको पुस्तकको कञ्चनजङ्गा साहित्यिक प्रतिष्ठानले बुधबार लोकार्पण गरेको हो ।

सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रममा साहित्यकारहरूले लोकार्पणसँगै कविता वाचन गरेका थिए । दुई खण्डको पुस्तकको पहिलो खण्डमा ५४ वटा गद्य कविता र दोस्रोमा ३२ वटा गीति गरी ८६ वटा कविता छन् । मातापिताको नाममा अविरलले प्रकाशन गरेको यो पहिलो कृति हो ।

कविता संग्रह अग्रज साहित्यकार तथा सङ्गीतकार भरत गुरुङलगायतले लोकार्पण गरेका थिएभनें पाँचथरका कवि दुःखी महल तिम्सिना र ताप्लेजुङका लेकाली कान्छा मुक्कुमले समिक्षा गरेका थिए । संग्रहमा देशभक्ति, राजनीतिक परिवेश, सामाजिक परिस्थितिजस्ता भावलाई चित्रित गरिएको छ । धरानका मेयर हर्क साङपाङदेखि गाउँमा टाँगिने दलका झण्डाका विषयमा व्यङ्ग्य गरिएको छ ।

शिक्षक पेशामा आबद्ध अविरलले विद्यालय र घर व्यवहारबाट बचेको समयलाई साहित्य सिर्जनामा लगाएको उल्लेख गरे । पहिलो कृति मार्फत जिल्लाको साहित्य क्षेत्रमा जोडिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी – वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा‍. महावीर पुनलाई ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ। ‘रत्न–श्रेष्ठ

भक्तपुर– पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको छ। शनिबार भक्तपुरको लोकन्थलीस्थित उनको निवासमा आयोजना गरिएको पुस्तकको

जनकपुरधाम – मिथिला सभ्यता र संस्कृतिको धरोहर बोकेको जनकपुरधाममा विचार, बहस र साहित्यिक उत्सवको केन्द्रबिन्दु बन्ने तयारीमा तीन दिवसीय जनकपुर साहित्य

काठमाडौं – भारतीय नेपाली लेखक छुदेन काविमोको दोस्रो उपन्यासकृति ‘उरमाल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘उरमाल’