"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार २०८२’ को लागि आवेदन आह्वान

प्रकाशित मिति :  23 March, 2026 9:23 pm


काठमाडौँ – चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ। बोर्डले एक सूचना जारी गर्दै विभिन्न विधामा प्रदान गरिने पुरस्कारका लागि स्वदेशी फिल्मलाई सहभागी हुन आह्वान गरेको हो।

सूचनाअनुसार राष्ट्रिय चलचित्र पुरस्कारतर्फ २०८२ वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रले आवेदन दिन सक्नेछन्। विशेष चलचित्र पुरस्कारका लागि सोही अवधिभित्र चलचित्र जाँच समितिबाट जाँच भएकाले मात्र सहभागिता हुन पाउनेछन्।

आदिवासी, जनजाति तथा मातृभाषी चलचित्र पनि सोही अवधिभित्र जाँच भएका भए राष्ट्रिय वा विशेष चलचित्र पुरस्कारमा सहभागी हुन सक्ने सूचनामा उल्लेख छ।

विधागत रूपमा सहभागी हुन सार्वजनिक प्रदर्शन भएको हुनु भनिएको छ। तर, यस्ता चलचित्रले विधागत रूपमा राष्ट्रिय चलचित्र पुरस्कार वा आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कारमध्ये कुनै एकमा मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ।

आवेदन दिन चाहने निर्माताले नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित आफैं वा अधिकृत व्यक्तिमार्फत उपस्थित भई वा इमेलमार्फत आवेदन दिन सक्नेछन्। बोर्डका अनुसार आवेदन फाराममा उल्लेख गरिएको विवरण र चलचित्रमा प्रयोग भएका नामहरूबीच मेल हुनुपर्नेछ।

आवेदन फाराम बोर्डको कार्यालय वा आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। साथे आवश्यक कागजातसहित फाराम बोर्डको इमेल ठेगानामा पठाउन सकिने व्यवस्था गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको

काठमाडौँ- वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश

काठमाडौँ – साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’ को लोकार्पण भएको छ। साहित्यकार एवं पत्रकार नारायण वाग्ले, अमर न्यौपाने र बिना थिङले

काठमाडौँ- पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ। काइँलाले नेपाली