"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देशप्रतिको स्वाभिमान र नागरिक सर्वोच्चतामा गर्व गर्न प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति :  20 February, 2025 5:07 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशप्रतिको स्वाभिमान र नागरिक सर्वोच्चतामा गर्व गर्न आग्रह गरेका छन् । पोखरा विश्वविद्यालयको बिहीबार २० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सानो देशको नागरिक भनेर हिन भावना नपाल्न विद्यार्थीलाई आग्रह गरे । 

‘दास मनोवृत्ति राख्ने होइन । कमजोर भावना, हिन भावना, सानो देशको ग्रन्थी…त्यस्तो पाल्ने होइन । कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन,’ पोखराको ढुंगेपाटनमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा उनले भने, ‘हामी ४० औं ठूलो देशमा पर्छौं । १ सय ५३ देश हामीभन्दा साना छन् दुनियाँमा, अनि हामी कसरी सानो ?’

नेपालसँग हिमाल, खोला, ताल तलैया, उर्बर फाँट रहेकोले भूगोलमा सानो नभए पनि दुईवटा ठूला ठूला देशको बीचमा परेर मात्रै सानो देखिएको उनको भनाइ थियो । ‘त्यसकारण कहिल्यै पनि हिन ग्रन्थी नलिनुहोस्,’ उनले भने, ‘हात्ती भेट्नुभयो भने त्यसलाई तालिम दिएर, तह लगाएर टाउकोमा चढेर माहुते हुन सिक्नुस् तर हात्ती देख्नेवित्तिकै कुद्‍यो भने माहुते हुन सकिँदैन ।’

उनले विद्यार्थीलाई इमान्दार हुन आग्रह गर्दै इमान्दारिताको फल मात्रै सफल पनि हुन्छ र श्रेययुक्त हुनेमा जोड दिए । विद्यार्थीको सफलता समाज, देशका लागि उपयोगी हुनुपर्ने उनको भनाइ थियो । ‘आफ्ना लागि चरा, फट्यांग्रा, किरा जसले पनि आफ्नो लागि चारो खोजेकै हुन्छ, पेट पालेकै हुन्छ, कुदैकै हुन्छ,’ उनले भने, ‘आफ्ना लागि गर्नु भनेको धेरै ठूलो कुरा होइन । आफ्ना लागि मात्रै गर्न खोजियो भने स्वार्थी भइन्छ । निजात्मकता बढ्छ । आत्मकेन्द्रित हुन्छ मान्छे । त्यसकारण परिवारका लागि हुनुस्, समुदायका लागि हुनुस्, देशका लागि हुनुस् ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी