"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल र म्यानमार फाइनलमा भिड्ने

प्रकाशित मिति :  21 February, 2025 1:30 pm


काठमाडौँ – घरेलु टोली नेपाल र म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को फाइनलमा भिड्ने भएका छन्। बिहीबार लेबनानलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालकी सावित्रा भण्डारीले लेबनानविरुद्ध गोल गरेकी थिइन्। दुई खेलमा स्पष्ट ६ अंक जोडेको नेपाल र म्यानमार एक खेलअगावै फाइनलमा प्रवेश गरेका हुन्। आज (बिहीबार)को पहिलो खेलमा किर्गिस्तान म्यानमारसँग ५(० ले पराजित भएको थियो।

फाइनलमा पुगेका नेपाल र म्यानमारबीचको खेल फेब्रुअरी २३ मा हुनेछ। खेल साँझ ६ बजे सुरु हुनेछ। सोही दिन दिउँसो २ बजे कीर्गिस्तान र लेबनान पनि भिड्नेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको