"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण

प्रकाशित मिति :  27 February, 2025 3:58 pm


काठमाडौं – प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।

यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिए पनि अटेर गरेका निर्माण व्यवसायीहरुलाई अन्तिमपटकका लागि सात दिनको मौका दिइएको हो । यो अवधिमा पनि स्पष्टीकरण नबुझाएमा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्ने सार्वजनिक खरिद अनुगमन कार्यालयका कर्मचारीहरु बताउँछन् ।

सात दिने स्पष्टीकरण सोधिएका निर्माण कम्पनीहरुमा शिव कुमार महतो नेतृत्वको सिंह कन्स्ट्रक्सन, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन, राधेश्याम झा नेतृत्वको शिवम् कन्स्ट्रक्सन छन् । यी तीनवटै कम्पनीहरु जनकपुरका हुन् ।

यसैगरी कार्लमाक्स श्रेष्ठ नेतृत्वको राजिता निर्माण सेवा सुर्खेत, सोना उल्लाह खाँ नेतृत्वको विपिन कन्स्ट्रक्सन पाल्पा, भिम तामाङ नेतृत्वको ए एण्ड डी कन्स्ट्रक्सन, गोपाल प्रसाद घिमिरे नेतृत्वको सूर्यविनायक कन्स्ट्रक्सन दाङलाई पनि सात दिने स्पष्टीकरण सोधिएको छ ।

यस्तै श्याम कुमार श्रेष्ठ नेतृत्वको बीटी/जयबाबा जेभी काठमाडौं, तिलकबहादुर मल्ल नेतृत्वको आकांक्षा कन्स्ट्रक्सन काठमाडौं र बिना बीसी नेतृत्वको यज्ञश्वरी निर्माण सेवा बाँकेलाई पनि स्पष्टीकरण सोधिएको छ ।

हेर्नुहोस् सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना –



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा