"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस–एमाले सांसदहरूलाई ‘ह्विप’

प्रकाशित मिति :  4 March, 2025 6:24 pm


काठमाडौँ- प्रमुख सत्तारूढ दल नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ।

बुधबारको बैठकमा सरकारले पाँच अध्यादेश पेस गर्ने भएकाले सांसदहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्न ह्विप जारी गरिएको हो। सत्ता साझेदार नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूका लागि ह्विप जारी गरेको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाद्वारा जारी सन्देशमा सबै सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको एक सांसदले बताए।

यसअघि, सरकारद्वारा जारी ६ वटा अध्यादेश राष्ट्रिय सभामा कोरम अभावका कारण पेस हुन सकेका थिएनन्। जसपा नेपाल र लोसपासँगको छलफलपछि बुधबारको बैठकमा भूमिसम्बन्धी अध्यादेश बाहेक पाँच अध्यादेश पेस गरिने तयारी छ।

सांसदहरूलाई पठाइएको सन्देशमा उल्लेख छ, ‘माननीय सदस्यहरू, भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अध्यादेश निर्णयार्थ पेस गरिने भएकाले अनिवार्य उपस्थित हुन अनुरोध छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद