"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभामा अध्यादेश निर्णयार्थ पेस

प्रकाशित मिति :  6 March, 2025 3:23 pm


काठमाडौँ – राष्ट्रिय सभाको बिहीबारको बैठकमा अध्यादेशबारे छलफल भएको छ। सरकारले ल्याएका पाँच वटा अध्यादेशहरू बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भइसकेका थिए। ती अध्यादेश बिहीबार राष्ट्रिय सभामा स्वीकृतिका लागि छलफल र निर्णयार्थ पेस भएका हुन्।

अध्यादेशलाई प्रतिपक्षी दलहरूले अस्वीकार प्रस्ताव पनि दर्ता गरेका थिए। अस्वीकार प्रस्ताव राखेका सांसदहरूले धारणा पनि राखिरहेका छन्।

सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने काम भइरहेको हो।

राष्ट्रिय सभामा बहुमत प्राप्त हुने अवस्था नदेखिँदा अध्यादेश निर्णयार्थ पेस हुन सकेको थिएन। ३ जना सांसद भएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पाँच अध्यादेश स्वीकार गर्ने निर्णय गरेसँगै सरकारले अध्यादेश सदनमा निर्णयार्थ पेस गरेको थियो। भूमिसम्बन्धी अध्यादेश भने जसपा नेपालको विरोधका कारण निर्णयार्थ पेस भएको छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता