"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विदेशबाट फर्केर पशुपालन र मौरीपालनमा रमाएका मनराज

प्रकाशित मिति :  7 March, 2025 12:00 pm


सुनसरी – लगभग एक दशकको वैदेशिक जीवनपछि स्वदेश फर्केका इटहरीका किसान मनराज अहिले व्यावसायिक पशुपालन र मौरीपालनबाट राम्रो आम्दानी गर्दै छन्। साउदी र मलेसियामा ८ वर्ष काम गरेका मनराजले सानो लगानीबाट आफ्ना व्यवसाय सुरु गरेका थिए र अहिले त्यो व्यवसाय एक उत्कृष्ट आम्दानीको स्रोत बनेको छ।

मनराज १७ वर्षको उमेरमा बाबुआमा गुमाएर विदेश गएका थिए। उनले भने, ‘विदेशमा दुःख र मेहेनत गरें, अब केही स्वदेशमै व्यवसाय सुरु गरौँ भन्ने सोच राखें र पशुपालनमा लगानी गरें।’ पशुपालनको साथसाथै, मनराजले हालै मौरीपालन पनि सुरु गरेका छन्। ‘यस व्यवसायले मलाई आत्मनिर्भर बनायो,’ उनी भन्छन्, ‘म अहिले वार्षिक रूपमा आठदेखि नौ लाखसम्म कमाइ गर्छु र घरको सबै खर्च यही कमाइले पूरा हुन्छ।’

गाईपालनको सुरुवात गर्दा दूध बिक्रीमा कठिनाइको डर थियो तर अहिले दैनिक ४०–५० लिटर दूध स्थानीय बजारमा बेच्न सफल भएका छन् उनी। उनले भने,‘गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ र अरूलाई पनि रोजगार दिन सकिन्छ।’

मनराजसँग अहिले ४० भन्दा बढी मौरीको घार छ। उनले भने, ‘सुरुमा गाह्रो लागेको थियो तर अब राम्रो आम्दानी भएको छ। मौरीको मह उत्पादन गर्दा २२–३० दिनमै मह काढ्न सकिन्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक