"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

न्युजिल्यान्डलाई पराजित गर्दै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

प्रकाशित मिति :  10 March, 2025 11:15 am


काठमाडौं – आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतले जितेको छ। आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो। भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफी जितेको हो। यसअघि भारतले सन् २०१३ र सन् २००२ मा उपाधि उचालेको थियो।

आइतबार न्युजिल्यान्डले दिएको २५२ रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा ४९ ओभरमा पूरा गर्‍यो। भारतको जितमा कप्तान तथा ओपनर रोहित शर्माले ७६ रन बनाए भने श्रेयस अय्यरले ४८ रन बनाए। केएल राहुलले नटआउट ३४ रन जोड्दा भारत विजयी भयो। 

बलिङमा न्युजिल्यान्डका सान्टनर र ब्रासवेलले २-२ विकेट लिन सके। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २५१ रन जोड्यो।  न्युजिल्यान्डका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे। ड्यारेल मिचेलले १०१ बल खेलेर ६३ रन जोड्ने क्रममा ३ चौका प्रहार गर्न सके।

यस्तै माइकल ब्रासवेलले नटआउट ५३ रन बनाए। उनले १० बलमा ३ चौका र २ छक्का हिर्काए। त्यसअघि ओपनरद्वय विल योङ १५ रन र रचिन रविन्द्र ३७ रन जोडेर आउट भए। केन विलियमसन ११ रनमै पेभिलियन फर्किए भने टम लाथमले १४ रन र ग्लेन फिलिप्सले ३४ रन बनाउन सके ।  बलिङमा भारतका बरुण चक्रवर्ती र कुलदिप यादवले २-२ विकेट लिन सफल भए। मोहमद सामी र रवीन्द्र जडेजाको नाममा १-१ विकेट रह्यो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध