"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लोकतन्त्र एउटा राजमार्ग हो, यसमा ब्याकगियर लगाइँदैन : प्रधानमन्त्री

प्रकाशित मिति :  16 March, 2025 1:22 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताएका छन् । आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योजनाहीन धैर्य र सक्रियता नभई योजनाबद्ध सक्रियता, धैयपूर्वक अघि बढिरहेको आशाका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरेका हुन् ।

सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको भन्दै सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको पनि उनले बताए ।

‘समाजका सम्पूर्ण सेक्सनहरू सबैलाई उठाउन सक्नुपर्दछ । करप्सन कन्ट्रोल र करप्सनको अन्त्य गर्ने संकल्पका साथ हामी अघि बढेका छौँ । मलाई विचित्र लाग्छ, नेपाल यति साह्रै झुट बोल्ने अभ्यासमा कहिल्यै पनि थिएन । यस्तो झुट बोल्ने अभ्यास चलाएको छ, गोएबल्स थिएरी भन्ने जे पनि बोलेको छ बोलेको छ । मान्छे हेर्दा भलादमी देखिन्छ, के-के बोलेको छ । यसबाट जोगिनुपर्छ, सही र गलत छुट्याएर अघि बढ्नुपर्छ,’ उनले भने ।

त्यस्तै लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याकगियर नलगाइने पनि प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘डेमोक्रेसी भनेको हाइवे हो । हाइवेमा ब्याकगियर लगाइँदैन । डेमोक्रेसी इज अ हाइ वे । यसमा ब्याकगियर लगाइँदैन, अघि बढिन्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद