"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जिलेस्पीको गोलमा सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित

प्रकाशित मिति :  22 March, 2025 11:01 am


काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली सिंगापुरविरुद्ध नेपालले १–० को जित निकालेको छ। शुक्रबार सिंगापुर राष्ट्रिय रंगशालामा भएको खेलमा जिलेस्पीजंग कार्कीले १२औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो।

नेपालले सिंगापुरविरुद्ध पहिलो पटक जित निकालेको हो। नेपाल र सिंगापुर सन् १९८९ पछि एक अर्काविरुद्ध मैदान उत्रिएका थिए।

विश्वकप छनोटअन्तर्गत १९८९ मा भएको पछिल्लो भेटमा नेपाल ७-० ले पराजित भएको थियो। यसै गरी सन् १९८९ मै विश्वकप अन्तर्गतकै खेलमा पनि नेपाल ३-० ले पराजित भएको थियो।

त्यसअघि सन् १९८२ को किंग्स कपमा नेपालले सिंगापुरसँग २-० को हार बेहोरेको थियो। नेपालले एएफसी एसिया कप छनोटको तयारी स्वरुप सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले मंगलबार मलेसियाको सामना गर्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा