"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शिर्ष नेताद्धारा शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन प्रतिबद्धता

प्रकाशित मिति :  27 March, 2025 9:54 pm


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंगोमा पुर्‍याउन कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्। काठमाडौँमा बिहीबार आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति देउवाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाको छानबिनमार्फत सत्यतथ्य उजागर गरी पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेको बताएकी हुन्।

देउवाले भने, ‘पीडितलाई न्याय दिने कुरामा दुईमत छैन। वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको छ।’ सभापति देउवाले संक्रमणकालीन न्यायलाई नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्न सक्नुपर्ने धारणा राखे।

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको भन्दै देउवाले शान्ति सम्झौताको मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान सुरु गरेर न्याय दिलाउने विश्वास व्यक्त गरे।

यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन एक हुनुको विकल्प नरहेको बताए। राजनीतिक दलहरुबीच पनि शान्ति प्रक्रियाका विषयमा कुनै विवाद नरहेको भन्दै शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउन एक हुनुको विकल्प नरहेको उनको भनाइ छ।

प्रचण्डले संक्रमणकालीन न्यायको विषय राष्ट्रिय मुद्दा भएकाले यसमा अन्य राजनीतिक प्रभाव पर्न दिन नहुने जिकिर गरे। प्राविधिक, कानुनी र राजनीतिक उतारचढावका कारण शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन ढिलाइ भएको उनको भनाइ छ।

प्रचण्डले नेपालको शान्ति प्रक्रिया धेरै हदसम्म आफ्नो मौलितकताअनुसार सफलताको साथ अगाडि बढिरहेको अनुभव भइरहेको पनि बताए। प्रचण्डले भने, ‘पीडितहरूलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्र शान्ति प्रक्रिया दिगो बनाउन सकिन्छ भन्ने कुरामा कुनै अन्योल छैन।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक