"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा जवाफ दिन प्रधानमन्त्री ओली तयार

प्रकाशित मिति :  28 March, 2025 9:25 pm


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १८ गते सोमबार सदनमा सम्बोधन गर्ने भएका छन्। विपक्षी दलले निरन्तर सदन अवरोध गरेपछि प्रधानमन्त्री ओली सदनमा जवाफ दिन तयार भएका हुन्।

संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले विपक्षी दलले उठाएका विषयमा चैत १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराएका  हुन्।

विपक्षी दलको मागअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराउँदा पनि शुक्रबार सदन खोल्न विपक्षी तयार नभएको उनले बताए। यद्यपि आइतबारदेखिको बैठक भने चल्न दिने गरी सहमति भएको बर्तौलाले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्।
विपक्षीको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिने तयारी गरेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी