"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अस्ट्रेलियाका स्टुआर्टलाई नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मा

प्रकाशित मिति :  29 March, 2025 4:47 pm


काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका स्टुआर्ट लाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानले शुक्रबार ललाई मुख्य प्रशिक्षकको बनाएको जानकारी दिएको छ। उनले मोन्टी देसाइको स्थान लिनेछन्। ल र क्यानबीच दुई वर्षको सम्झौता भएको छ।

क्यानले भारतीय प्रशिक्षक देसाइसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो। देसाइको दुई वर्षे सम्झौता माघमा सकिएको थियो । क्यानले गत फागुन ३ गते मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो। क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो। त्यसबाट ललाई नियुक्त गरिएको हो।

लले यसघि श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलालदेश यु–१९ र अमेरिकाको प्रशिक्षण सम्हालिसकेका छन् ।अस्ट्रेलिया सन् १९९६ को विश्वकपमा उपविजेता हुँदा ल टोलीको सदस्य थिए । लले अस्ट्रेलियाका लागि ५४ एकदविसीय अन्तर्राष्ट्रिय र एक टेस्ट खेल खेलेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा