"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

प्रकाशित मिति :  1 April, 2025 1:03 pm


काठमाडौँ – प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । आजको बैठकमा सभामुख घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको हो । आजको संसद्‌मा बोहराको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सांसद बोहराको मंगलबार उपचारका क्रममा निधन भएको हो ।

आजको प्रतिनिधिसभाको कारबाही सुरु गर्दै सभामुख देवराज घिमिरेले भने, ‘माननीय सदस्यहरु विशेष कारणवश आजको क्रमसंख्या १ देखि क्रमसंख्या ८ सम्मका कार्यक्रमहरु सूची हटाइएको जानकारी गराउँछु । साथै माननीय गृहमन्त्रीले बोल्नको लागि समय समय माग गर्नुभएकोमा सो समेत हटाइएको व्यहोरा जानकारी गराउँछु ।’ संसदको चालु अधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले

काठमाडौँ — महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन थान रिट दर्ता भएका छन् । युवराज सफल, आयुष बडालसहित र

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका