"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

प्रकाशित मिति :  1 April, 2025 1:03 pm


काठमाडौँ – प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । आजको बैठकमा सभामुख घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको हो । आजको संसद्‌मा बोहराको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सांसद बोहराको मंगलबार उपचारका क्रममा निधन भएको हो ।

आजको प्रतिनिधिसभाको कारबाही सुरु गर्दै सभामुख देवराज घिमिरेले भने, ‘माननीय सदस्यहरु विशेष कारणवश आजको क्रमसंख्या १ देखि क्रमसंख्या ८ सम्मका कार्यक्रमहरु सूची हटाइएको जानकारी गराउँछु । साथै माननीय गृहमन्त्रीले बोल्नको लागि समय समय माग गर्नुभएकोमा सो समेत हटाइएको व्यहोरा जानकारी गराउँछु ।’ संसदको चालु अधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिविज्ञ याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ११ बजेदेखि

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले कोशी र मधेसका केही जिल्लामा भएको घटना छानबिन गर्न

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले तराई/मधेसका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण घटनाक्रमका विषयमा शुक्रबार पूर्वराष्ट्रपति रामवरण यादवसँग करिब एक