"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल र थाइल्याण्डबीच पर्यटन सहकार्य सम्झौतामा हस्ताक्षर

प्रकाशित मिति :  2 April, 2025 12:57 pm


काठमाडौँ – नेपाल र थाइल्याण्ड सरकारबीच पर्यटन क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। बुधबार परराष्ट्र मन्त्री आरजु राणा देउवा र थाइल्याण्ड सरकारका प्रतिनिधिले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। त्यस्तै, गैरसरकारी उद्योगहरू र अन्य विभिन्न सम्झौताहरू भएको परराष्ट्र मन्त्री राणाले उल्लेख गरेकी छन्।

‘नेपाल सरकार र थाइल्यान्ड राजकीय सरकारबीच सांस्कृतिक सम्झौतामा मैले नेपाल सरकारको तर्फबाट हस्ताक्षर गरेको छु साथै नेपाल सरकार र थाइल्यान्ड राजकीय सरकारबीच पर्यटन सहकार्यसम्बन्धी समझदारी पत्र (एमओयु) मा पनि हस्ताक्षर गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हाम्रा देशका गैर-सरकारी उद्योगहरूबीच पनि विभिन्न अन्य सम्झौताहरू भएका छन्। यी सबै पहलहरूले नेपाल-थाइल्याण्ड सम्बन्धलाई विभिन्न क्षेत्रहरूमा सुदृढ गर्न सहयोग गर्नेछन्।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद