"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधानअन्तर्गत शपथ खाएर संसदमा संविधान मान्दिनँ भन्न मिल्छ र ?

प्रकाशित मिति :  7 April, 2025 10:49 pm


काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसदमा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरीपन हुने बताएका छन्।

फोरन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलग’ को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरूले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको बताए।

‘पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन। मलाई साथ देऊ भनिराखेका छन्,’ राजतन्त्रवादीतर्फ लक्षित गर्दै उनले भने, ‘संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसदमा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो,’ यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उनको भनाइ थियो।

‘जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ। जायज माग लिएर आउँदा हामी सुन्छौं। सडकमा कसैले दुःख पाइरहनु पर्दैन। शिक्षकहरूले सडकमा बसिरहनु पर्दैन। हामी संवादबाट उहाँहरूका मागलाई यथोचित सम्बोधन गर्नेछौं,’ उनले थपे।

प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तरराष्ट्रिय सम्बन्धबा त्यसका केही दायित्वहरू निर्वाह गर्न लागेको बताए। 

उनले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरूभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उल्लेख गरे।

‘हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र सांस्कृतिक रूपमा विविधतायुक्त छ। विविधताका बीचमा एकता आवश्यक छ। बिना एकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘विविधता अभिशाप होइन, सम्पत्ति हुनुपर्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ।’ 

उनले आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा हामीले आफ्नो तर्फबाट योगदान दिन सक्नुपर्नेमा जोड दिए। 

भूराजनीतिका नाममा आफ्नो कमजोरी ढाक्ने काम गर्न नहुने उल्लेख गर्दै उनले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक