"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

के काठमाडौँमा वर्षा हुने सम्भावना छ ?

प्रकाशित मिति :  8 April, 2025 7:21 pm


काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि वर्षा हुने अनुमान गरेका छन् । बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभावको कारण आगामी तीन/चारदिनसम्म नेपालको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आजदेखि आगामी शुक्रबारसम्म नै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशको मौसम बदली हुने छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार राति ८ बजे जारी गरेको बुलेटिनमा पनि आगामी २४ घण्टासम्म देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ। विभागका अनुसार काठमाडौँमा बढेको प्रदूषण नियन्त्रणमा पनि वर्षाले राहत पुग्ने छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- वैदेशिक रोजगार विभागका सुब्बा घुससहित रङ्गेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान विभागको टोलीले विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत

काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ

काठमाडौँ – सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस

काठमाडौँ — नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा