"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार भइरहेको प्रधानमन्त्रीलाई आशंका

प्रकाशित मिति :  9 April, 2025 9:27 pm


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन्। नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको बुधबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकास तथा समृद्धि चाहिएको भन्दै यस बिषयमा कुनै सम्झौता नहुने बताएका हुन्।

उनले आफू भ्रष्टाचारको विरोधी रहे पनि भ्रष्टाचार भइरहेको आफुलाई आशंका लागेको बताए। देशलाई विकासका बाटोमा अघि बढाउनका लागि अनुकूल वातावरण बनेको र स्थायीत्व र स्थिरतातर्फ मुलुक अघि बढेको उनले बताए।

ओलीले कम्तिमा पनि ८४ सालसम्म मुलुकमा स्थायीत्व र स्थीरता हुने र त्यसपछि पनि यो सिलसिला कायम रहने भएकाले ढूक्क भएर लगानी गर्न आग्रह गरे। प्रधानमन्त्री ओलीले बाह्य लगानी भित्र्याउने, संयुक्त पूँजीमा काम गर्ने अवस्था सिर्जना गर्ने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखे।

प्रधानमन्त्री ओलीले सरकार मजदुर, किसान, श्रमजिवी, शिक्षक, प्राध्यापकलगायत सवैको साथमा रहेको र सबैको भलाइका लागि काम गर्न चाहेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकदेखि मधेश प्रदेश प्रदेश प्रमुखलाई पदमुक्त गर्नेसम्मको निर्णय गरेको छ । सुशीला

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन् ।उनले संविधान र

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघले शनिबार

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले एकथोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन्।