"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार भइरहेको प्रधानमन्त्रीलाई आशंका

प्रकाशित मिति :  9 April, 2025 9:27 pm


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन्। नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको बुधबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकास तथा समृद्धि चाहिएको भन्दै यस बिषयमा कुनै सम्झौता नहुने बताएका हुन्।

उनले आफू भ्रष्टाचारको विरोधी रहे पनि भ्रष्टाचार भइरहेको आफुलाई आशंका लागेको बताए। देशलाई विकासका बाटोमा अघि बढाउनका लागि अनुकूल वातावरण बनेको र स्थायीत्व र स्थिरतातर्फ मुलुक अघि बढेको उनले बताए।

ओलीले कम्तिमा पनि ८४ सालसम्म मुलुकमा स्थायीत्व र स्थीरता हुने र त्यसपछि पनि यो सिलसिला कायम रहने भएकाले ढूक्क भएर लगानी गर्न आग्रह गरे। प्रधानमन्त्री ओलीले बाह्य लगानी भित्र्याउने, संयुक्त पूँजीमा काम गर्ने अवस्था सिर्जना गर्ने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखे।

प्रधानमन्त्री ओलीले सरकार मजदुर, किसान, श्रमजिवी, शिक्षक, प्राध्यापकलगायत सवैको साथमा रहेको र सबैको भलाइका लागि काम गर्न चाहेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिविज्ञ याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ११ बजेदेखि

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले तराई/मधेसका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण घटनाक्रमका विषयमा शुक्रबार पूर्वराष्ट्रपति रामवरण यादवसँग करिब एक

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ