"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको मुख्य एजेण्डा स्थायित्व, सुशासन र विकास हो : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  10 April, 2025 9:59 pm


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभाको उद्‍घाटन गर्दै उनले अहिलेको सरकारको मुख्य एजेण्डा नै स्थायित्व, सुशासन र विकास रहेकाले अहिले गतिशील स्थायित्व कायम भएको बताए। 

उनले राज्यका नीतिहरू छिनछिनमा अस्वभाविकरूपमा बदलिने र नकारात्मक असर पर्ने कामको अन्त्य गर्नेमा सरकारको ध्यान रहेको बताए। प्रधानमन्त्री ओलीले सबैको विचारलाई सरकारले सम्मान गर्ने भएकाले अहिले कुनै आन्दोलन गरिरहनुपर्ने अवस्था नरहेको जिकिर गरे। उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए।

निजी क्षेत्रसमेत विकासका लागि कम्मर कसेर आत्मविश्वासका साथ लागेकाले सरकार त्यसलाई सघाउन तयार उनले बताए। प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिनका लागि विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै लैजाने धारणा राखे। ठूला उत्पादन र उत्पादकत्व बढाउन सरकार अग्रसर रहेको भन्दै उनले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद