"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस एमाले सहकार्यमा समस्या नभएको उच्च स्तरीय संयन्त्रको निष्कर्ष

प्रकाशित मिति :  17 April, 2025 10:42 am


काठमाडों – नयाँ वर्ष सुरु नहुँदै कांग्रेस र एमालेबीच सतहमा देखिन थालेको मनोमालिन्य समाधान गर्न उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस एमाले बैठकमा नेताहरुले यस बीचमा उठेका विभिन्न विषयहरुलाई साझा संवादबाट निप्टारा लगाउने समझदारी गरे ।

सत्तारुढ दलभित्रैबाट नेताहरुले सरकार र प्रधानमन्त्रीको कार्यशैलीबारे आलोचना गरिरहेको भन्दै बैठकमा कुरा भएको थियो । सहभागी एक नेताका अनुसार सरकारले गरिरहेका प्रगतिका सूचकहरुलाई तथ्यांकमै हेर्ने, अनुमान र आकलनका भरमा बोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने छलफल भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँगको सहकार्य राष्टिय राजनीतिक आवश्यकताले भएको भन्दै ०८४ को चुनाव नहुँदासम्म यसले आफ्नो उद्देश्यमा अविच्छिन्न अघि बढिराख्ने बताएका थिए । एक नेताले देउवाको भनाई उद्धृत गर्दै भने, ‘एउटै पार्टी हुँदा त कतिवटा कुराहरुसँग डिल गर्नुपर्छ यो त दुईवटा ठूला पार्टीको सरका हो । सानातिना कुरा बीचमा आउँछन्, छलफल गर्दै जानुपर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रका नेताहरुसँग पार्टी उच्च तहले गरेको समझदारीकै स्पिरिटमा आम जनतासमक्ष विचार लैजानुपर्ने बताए । केही नियुक्तिहरुलाई, अनि बढुवाहरुलाई लिएर अनावश्यक प्रचार भएको भन्दै उनले सत्तारुढ नेताहरुसँग असन्तोष जनाएका थिए ।

कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायतले सरकारको धिमा तथा सुस्त शैलीको आलोचना गरिरहेका छन् । नेताहरुले दिएका तिखा अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीले सरोकार राखेका थिए । बैठकमा एमालेबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, अनि कांग्रेसबाट देउवासहित गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा थिए ।

गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा कुनै समस्या नभएको प्रष्ट पारे । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

‘हाम्रा बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको छ । यस्तो कुनै समस्या छैन,’ उनले भने ।संयन्त्रले आन्दोलनरत शिक्षकहरुलाई माग सम्बोधन संसदमार्फत चाँडै हुने भन्दै काममा फर्किन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक