"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले राख्यो चार ठेकेदार कम्पनी कालोसूचीमा

प्रकाशित मिति :  17 April, 2025 12:46 pm


काठमाडौं – प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । तीन कम्पनीलाई डेड वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा परेका कम्पनीहरुमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एस.एम. कन्सट्रक्सन मकवानपुर, सुकु रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा छन् ।

यी चार कम्पनीमध्ये वनगाड कुपिण्डे नगरपालिकाको सल्यानको सिफारिसमा गौरीगोमा निर्माण सेवालाई एक वर्षका लागि कालो सूचीमा राखिएको हो । अन्य तीन कम्पनीहरुलाई भने डेढ वर्षका लागि कालो सूचीमा राखिएको हो ।

निर्माणको जिम्मा लिने तर काम सन्तोषजनक नगर्ने कम्पनीहरुलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

हेर्नुहोस् कालोसूचीमा राखिएका कम्पनीहरुको विवरण –



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्

काठमाडौँ– राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत