"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले राख्यो चार ठेकेदार कम्पनी कालोसूचीमा

प्रकाशित मिति :  17 April, 2025 12:46 pm


काठमाडौं – प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । तीन कम्पनीलाई डेड वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा परेका कम्पनीहरुमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एस.एम. कन्सट्रक्सन मकवानपुर, सुकु रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा छन् ।

यी चार कम्पनीमध्ये वनगाड कुपिण्डे नगरपालिकाको सल्यानको सिफारिसमा गौरीगोमा निर्माण सेवालाई एक वर्षका लागि कालो सूचीमा राखिएको हो । अन्य तीन कम्पनीहरुलाई भने डेढ वर्षका लागि कालो सूचीमा राखिएको हो ।

निर्माणको जिम्मा लिने तर काम सन्तोषजनक नगर्ने कम्पनीहरुलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

हेर्नुहोस् कालोसूचीमा राखिएका कम्पनीहरुको विवरण –



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कार्यालयले ती निर्माण कम्पनीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय

काठमाडौं – गृह मन्त्रालयले १३ जना प्रहरी निरीक्षक –इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ  ।मन्त्रालयको बढुवा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष दुई तिहाइ मुद्दामा सफलता पाएको छ । विशेष अदालतले बुधबार सार्वजनिक गरेको

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ७७ जना कर्मचारी नियुक्त गर्न आवेदन मागेको छ। कम्पनीले शुक्रबार