"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउने कार्ययोजनाको तयारी सुरु

प्रकाशित मिति :  22 April, 2025 6:50 pm


काठमाडौं – नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिस्ट’ बाट हटाउने सम्बन्धमा सरोकारवाला मन्त्रालयहरूले कार्ययोजना बनाउनुपर्ने भएको छ ।

सोमबार बसेको सचिव बैठकले ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ कार्यान्वयनमा ल्याउन अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र गृह मन्त्रालयले आ–आफ्ना निकायगत कार्ययोजना बनाइ काम गर्ने निर्णय गरेको हो ।

त्यस्तै अन्य सम्बद्ध मन्त्रालय तथा निकायले आवश्यक सहयोग र समन्वय गर्नेसमेत निर्णय सचिव बैठकले गरेको छ । यस सम्बन्धमा सम्बन्धित सचिवले आफूसम्बद्ध र मातहतका जिम्मेवार कर्मचारी र पदाधिकारीलाई जानकारी गराउनुपर्ने छ ।

कार्यान्वयन प्रगति प्रत्येक महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने र सचिव बैठकमा समीक्षा गर्ने निर्णय समेत भएको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद