"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नीति तथा कार्यक्रम र शिक्षा विधेयक पारित गर्ने कार्ययोजना तय हुदै

प्रकाशित मिति :  23 April, 2025 9:16 pm


काठमाडौँ –  विद्यालय शिक्षा विधेयकमा सदन पेस हुनेबित्तिकै पारित गर्ने विषयमा सहमति भएको छ। सिंहदरबारमा बुधबार प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा यस्तो सहमति भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

उनले वैशाख १९ गते सरकारले नीति तथा कार्यक्रम पेस गर्ने र त्यसपछि केही महत्त्वपूर्ण विधेयकलाई टुंग्याउने गरी अघि बढ्ने बताए। बर्तौलाका अनुसार वैशाख १२ गते बस्ने पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ।

प्रतिनिधिसभाको आगामी अधिवेशनमा सार्वजनिक बिदाका दिनबाहेक अन्य सबै दिन बैठक सञ्चालन हुने भएको छ। सभामुख घिमिरेले शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका थिए। सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण बिदाबाहेकका सबै दिन संसद सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताएका थिए। उनले विद्यालय शिक्षा विधेयक सदनमा आएपछि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा समेत जोड दिएका छन्।

बैठकले सभामुखको प्रस्ताव अनुमोदन गरेको छ। सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। उनले विद्यालय शिक्षा विधेयक सदनमा पेस भए त्यसलाई पनि प्राथमिकतामा आधारमा अघि बढाउने सहमति भएको बताए।

उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै विद्यालय शिक्षा विधेयक प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसद्ले तयारी गरेको नेताहरुले जनाएका छन्।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले तीन सातादेखि राजधानी केन्द्रित आन्दोलन जारी राखेको छ। आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन्।

उनीहरुले संघीय संसद्बाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै माइतीघर–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। महासंघले अनुशासित, मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेको छ।

महासंघले आफूहरूको आन्दोलन निर्णायक अवस्थामा पुग्न लागेको भन्दै अन्य शिक्षकहरूलाई पनि काठमाडौँमा आउन आह्वानसमेत गरेको छ। शिक्षकहरुको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि सार्ने निर्णय गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद