"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिले संसद्मा वैशाख १९ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

प्रकाशित मिति :  24 April, 2025 8:39 pm


काठमाडौँ – सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ मा प्रस्तुत गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।

सरकारको नेतृत्व गरिरहेको एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो ।

संघीय संसद् सचिवालयका प्रवक्ता तथा प्रतिनिधिसभा कार्यव्यवस्था महाशाखाका प्रमुख एकराम गिरीले पनि नीति तथा कार्यक्रम वैशाख १९ मा प्रस्तुत गर्ने गरी तयारी भइरहेको जानकारी दिए । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि ४८ घण्टा संशोधन दर्ताका लागि सांसदहरूलाई समय दिइने तयारी भइरहेको गिरीले बताए ।

नीति तथा कार्यक्रम वैशाख २८ अगावै पारित गरेर प्रिबजेट छलफल थाल्ने गरी संसद्को कार्यतालिका तयार भएको हो । प्रिबजेट छलफल सकेर अर्थ मन्त्रालयलाई सुझाव दिने अभ्यास छ ।

जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संविधानको व्यवस्था छ । त्यसपहिल्यै नीति तथा कार्यक्रम र प्रिबजेट छलफल हुन लागेको हो ।संघीय संसद्को बजेट अधिवेशन शुक्रबार १ बजेदेखि सुरु हुँदै छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद