"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिले संसद्मा वैशाख १९ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

प्रकाशित मिति :  24 April, 2025 8:39 pm


काठमाडौँ – सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ मा प्रस्तुत गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।

सरकारको नेतृत्व गरिरहेको एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो ।

संघीय संसद् सचिवालयका प्रवक्ता तथा प्रतिनिधिसभा कार्यव्यवस्था महाशाखाका प्रमुख एकराम गिरीले पनि नीति तथा कार्यक्रम वैशाख १९ मा प्रस्तुत गर्ने गरी तयारी भइरहेको जानकारी दिए । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि ४८ घण्टा संशोधन दर्ताका लागि सांसदहरूलाई समय दिइने तयारी भइरहेको गिरीले बताए ।

नीति तथा कार्यक्रम वैशाख २८ अगावै पारित गरेर प्रिबजेट छलफल थाल्ने गरी संसद्को कार्यतालिका तयार भएको हो । प्रिबजेट छलफल सकेर अर्थ मन्त्रालयलाई सुझाव दिने अभ्यास छ ।

जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संविधानको व्यवस्था छ । त्यसपहिल्यै नीति तथा कार्यक्रम र प्रिबजेट छलफल हुन लागेको हो ।संघीय संसद्को बजेट अधिवेशन शुक्रबार १ बजेदेखि सुरु हुँदै छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी