"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कृष्ण गौतमको निबन्धसंग्रह ‘रानीहार’ सार्वजनिक

प्रकाशित मिति :  29 April, 2025 1:25 pm


काठमाडौँ- प्राध्यापक कृष्ण गौतमको निबन्धसंग्रह ‘रानीहार’ प्रकाशित भएको छ। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

निबन्धसंग्रहमा आयु, जीवन, आकाश, विद्यार्थी, आँखा, कटुटुसकुञ्ज, नरक जाने रहर, फेसन, भूतलेखन, दर्शनको भोकलगायत ४० ओटा निबन्ध संकलित छ।

रानीहार पृथक् अस्तित्व र अनुपमता जाहेर गर्न सक्षम निबन्धकृति रहेको समीक्षक तथा पत्रकार राजकुमार बानियाँले बताए। पुस्तकले निबन्धकाे विधागत रूप र अर्थ, शिल्प र अभिप्रायमा सामयिक औचित्य र उत्तेजना भरेर रोचकता थपेको उनको भनाइ छ।

शिखा बुक्सले ‘रानीहार’ लाई पुस्तक घर मार्फत कार्यालय तथा घरसम्मको डेलिभरीको व्यवस्था गरेको छ।

पुस्तकको मूल्य ६७५ रुपियाँ छ। साहित्यकार गौतमको उपन्यास ‘अद्वैत’ ले २०८० सालमा पद्मश्री साहित्य पुरस्कार र कविडाँडा आख्यान पुरस्कार पाएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ। काइँलाले नेपाली

काठमाडौँ — ११ वर्षीय बाल कथाकार नीतिक आचार्यको बाल कथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । उनको यो पहिलो एकल

काठमाडौं – अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट