"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय निर्वाचनमा उम्मेदवारी दिँदै हुनुहुन्छ ?

प्रकाशित मिति :  23 April, 2022 5:25 pm


काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि भोलि (आइतबार)देखि मनोनय सुरु हुँदैछ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्तका लागि समय छुट्याएको छ। यसअघि एक दिनमात्र हुने मनोनयन दर्ता यसपाली आयोगले दुई दिन छुट्याएको छ। भौगोलिक कठिनाइ भएका क्षेत्रहरुलाई मध्यनजर गर्दै आयोगले दुई दिन समय छुट्याएको जनाएको छ।

कति बजेसम्म मनोनयन दर्ता हुन्छ?

निर्वाचन आयोगका अनुसार आइतबार विहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता हुन्छ। सोमबार पनि सोही समयभित्र मनोनय दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ।

कहाँ हुन्छ मनोनयन दर्ता?

स्थानीय तह निर्वाचनमा भाग लिने व्यक्तिहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्छ। आयोगका अनुसार तोकिएको मिति र समयभित्र आकांक्षीहरुले मनोनयन दर्ता गरिसक्नुपर्नेछ।

उम्मेदवारको योग्यता के हो?

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न योग्यतासमेत तोकेको छ। जसमा नेपाली नागरिक भएको, २१ वर्ष उमेर उमेर पूरा गरेको, मतदाता नामावलीमा नाम समावेश भएको र कुने कानुनले अयोग्य नबनाएको हुनुपर्नेछ।

कति धरौटी लाग्छ?

निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता गर्ने व्यक्तिहरुले धरौटी राख्नुपर्छ। आयोगका अनुसार अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखको हकमा १५ सय रुपैँया, वडाध्यक्षको हकमा एक हजार रुपैँया र वडा सदस्यको हकमा ५ सय रुपैँया धरौटी राख्नुपर्छ। तोकेको बैंक वा वित्तीय संस्थामा धरौटी बुझाएर भौचर लिनुपर्ने आयोगले जनाएको छ।  

केके काजगात चाहिन्छ?

स्थानीय निर्वाचनमा उम्मेदवार बन्न आयोगले पाँचथरी कागजात आवश्यक पर्ने जनाएको छ। आयोगका अनुसार उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र, दलित सदस्यको हकमा सम्बन्धित गाउँपालिका, नगरपालिका वा अधिकार प्राप्त निकायले दिएको प्रमाणित हुने निस्सा र उम्मेदवारको स्वघोषणा हुनुपर्ने छ।

मनोनयन दर्तापछि के हुन्छ?

निर्वाचन आयोगका अनुसार वैशाख १२ गते नै मनोनयन दर्ता भएको उम्मेदवारको सूची प्रकाशन हुन्छ। १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरी उपर जाँचबुझ र निर्णय गरिने, १५ गते नै मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावपली प्रकाशन गर्ने र १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक