"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नीति-कार्यक्रममाथि असन्तुष्टि जनाउँदै एमाले सांसद रोस्ट्रममा मौन

प्रकाशित मिति :  9 May, 2025 9:24 pm


काठमाडौँ – सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आलोचना गर्दै एमालेका सांसद रोस्ट्रममा मौन रहेका छन् । सरकारको नेतृत्व गरिरहेको एमाले सांसद चन्द्रबहादुर विश्वकर्माले नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा रोस्ट्रममा मौन रहेर आलोचनात्मक समर्थन गरेका हुन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन पाँच मिनेटको समय पाएका विश्वकर्माले आफ्नो प्रतिक्रियास्वरुप मौनधारण गरेका हुन् ।

‘राष्ट्रपतिले वैशाख १९ मा यस सदनमा नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएको थियो । त्यो सम्बोधनपश्चात् यो गरिमामय संसद्मा आफ्ना क्रियाप्रतिक्रिया व्यापक रुपमा अगाडि बढिरहेको छ, छलफल भइरहेको छ,’ उनले भने, ‘मैले पनि त्यो प्रतिक्रिया दिनको लागि यहाँ उपस्थित भएको छु । त्यसैले प्रतिक्रिया दिन चाहन्छु ।’ यत्ति भनेर सांसद विश्वकर्मा मौन रहेका थिए ।

सभामुखबाट पाएको पाँच मिनेटमध्ये सुरुको एक मिनेट बोलेका उनी बाँकी समय मौन रहे । आफूले पाएको समय सकिने बेला उनले धन्यवाद भनेर रोस्ट्रम छाडे ।

आफूले त्यसो गर्नुको कारण नीति तथा कार्यक्रमको आलोचना रहेको सांसद विश्वकर्माको भनाइ छ । नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासमा ध्यान दिइए पनि सामाजिक विकासलाई नजरअन्दाज गरिएको उनको तर्क छ । ‘भौतिक पूर्वाधार विकासमा राज्यले प्राथमिकता दिएको छ । भौतिक विकास हुँदा सामाजिक विकासमा टेवा पुर्‍याउँछ तर मुख्य कुरा सामाजिक विकास हो । यो सामाजिक विकासको निम्ती कुरा उठाउँदै आएको थिए । नेताहरूले भाषण गरेका पनि हुन् । पार्टीका दस्ताबेजमा पनि छ,’ उनले भने, ‘तर, राज्यको नीति तथा कार्यक्रममा आउँदा ओझेल परे । भौतिक विकाससँगै समाजिक विकासमा ध्यान दिएको नीति तथा कार्यक्रम नपाएकाले मौन समर्थन गरेको हो ।’

नेपालमा व्यवस्था बदलिए पनि परम्परागत अभ्यासमा परिवर्तन गर्न आवश्यक रहेको सांसद विश्वकर्माको भनाइ थियो । नीति तथा कार्यक्रममाथि संसद्मा छलफल भइरहेको तर बजेट निर्माण कार्य भने सम्पन्न भइसकेकाले पनि मौन विरोध गर्नुपरेको उनको भनाइ छ । ‘नीति तथा कार्यक्रम संसद्मा पेस भएर छलफल भइरहेको छ, अर्कोतिर बजेट निर्माण भइसकेको छ । नीति तथा कार्यक्रम पास भएपछि बल्ल बजेट पास हुनुपर्ने हो,’ उनले भने ।

जातीय विभेद अन्त्य गर्ने नीति तथा कार्यक्रम नपाएकाले पनि आफू मौन रहनुपरेको सांसद विश्वकर्माको भनाइ छ । भूमिहीन, सुकुम्बासी, विपन्नताको परिभाषाका कुरा नीति तथा कार्यक्रमले नगरेकाले पनि मौन रहनुपरेको बताएका उनले संविधानले व्यवस्था गरेको आर्थिक नीतिको विपरीत नीति तथा कार्यक्रम आएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता

काठमाडौं — प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको

काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरूले ‘होल्डिङ सेन्टर’ मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै