"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आगामी बजेट निर्माणबारे अर्थमन्त्री, योजना आयोग उपाध्यक्ष र गभर्नरसँग परामर्शमा

प्रकाशित मिति :  24 May, 2025 10:51 pm


काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे राष्ट्रिय योजना आयोग उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन् ।

अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको लगानी प्रवद्र्धन लगायत विषयमा परामर्श गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रालय अहिले बजेट भाषण लेखनमा जुटेको छ । मन्त्रालयले प्रवेशमा कडाई समेत गरेको छ । १५ जेठमा संघीय सरकारको बजेट सार्वजनिक हुने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी