"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आगामी बजेट निर्माणबारे अर्थमन्त्री, योजना आयोग उपाध्यक्ष र गभर्नरसँग परामर्शमा

प्रकाशित मिति :  24 May, 2025 10:51 pm


काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे राष्ट्रिय योजना आयोग उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन् ।

अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको लगानी प्रवद्र्धन लगायत विषयमा परामर्श गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रालय अहिले बजेट भाषण लेखनमा जुटेको छ । मन्त्रालयले प्रवेशमा कडाई समेत गरेको छ । १५ जेठमा संघीय सरकारको बजेट सार्वजनिक हुने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका