"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पर्यटकलाई कानुनी र प्रशासनिक झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  26 May, 2025 11:16 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जान्दादेखि नै प्रशासनिक झन्झट हुने गरेको सुनेको र अझै पनि अवस्था त्यस्तै रहेको बताएका छन्। सोमबार सिंहदरबारमा राष्ट्रिय पर्यटन संवादमा बोल्दै उनले यस्तो बताएका हुन्।

अरुले शासन गर्दा प्रशासनिक झमेला हुने कुरा सुन्ने गरेको तर अहिले आफूहरुले शासन गर्दा पनि यही शैली नबदलिएको भन्दै उनले असन्तुष्टि जनाए ।

प्रधानमन्त्री ओलीले प्रशासनिक काममा ढिलाइ भएको बताउँदै भने, ‘एडमिनिस्ट्रिटिभ हडल भनेको कुरा पहिले पनि सुनिन्थ्यो, अहिले पनि सुनिन्छ । कन्टिन्यु सुनिन्छ । सुनिएको सुन्यै छ । यी कुरा सुन्न थाल्दा यी कान भर्खरकै थिए । कान बुढा भइसके, त्यही कुरा सुनिएको छ । परिवर्तन केही पनि छैन । योचाहिँ अत्ति भयो क्या ।’

उनले परिवर्तन किन भएन भन्ने प्रश्न गर्दै साहसिक ढंगले काम गर्नुपर्ने र यसका लागि स्टेप लिएर रिफर्म गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘एउटा न्यु डिपार्चर नेपाललाई चाहिएको छ । अब द्रुत गतिले सुशासन र विकासको बाटोमा अगाडि बढ्ने हो भने हामीले स्टेप लिनैपर्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी