"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पर्यटकलाई कानुनी र प्रशासनिक झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  26 May, 2025 11:16 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जान्दादेखि नै प्रशासनिक झन्झट हुने गरेको सुनेको र अझै पनि अवस्था त्यस्तै रहेको बताएका छन्। सोमबार सिंहदरबारमा राष्ट्रिय पर्यटन संवादमा बोल्दै उनले यस्तो बताएका हुन्।

अरुले शासन गर्दा प्रशासनिक झमेला हुने कुरा सुन्ने गरेको तर अहिले आफूहरुले शासन गर्दा पनि यही शैली नबदलिएको भन्दै उनले असन्तुष्टि जनाए ।

प्रधानमन्त्री ओलीले प्रशासनिक काममा ढिलाइ भएको बताउँदै भने, ‘एडमिनिस्ट्रिटिभ हडल भनेको कुरा पहिले पनि सुनिन्थ्यो, अहिले पनि सुनिन्छ । कन्टिन्यु सुनिन्छ । सुनिएको सुन्यै छ । यी कुरा सुन्न थाल्दा यी कान भर्खरकै थिए । कान बुढा भइसके, त्यही कुरा सुनिएको छ । परिवर्तन केही पनि छैन । योचाहिँ अत्ति भयो क्या ।’

उनले परिवर्तन किन भएन भन्ने प्रश्न गर्दै साहसिक ढंगले काम गर्नुपर्ने र यसका लागि स्टेप लिएर रिफर्म गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘एउटा न्यु डिपार्चर नेपाललाई चाहिएको छ । अब द्रुत गतिले सुशासन र विकासको बाटोमा अगाडि बढ्ने हो भने हामीले स्टेप लिनैपर्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद