"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिपक्षको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

प्रकाशित मिति :  28 May, 2025 4:45 pm


काठमाडौँ – विपक्षी दलहरूको अवरोधका कारण बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल माओवादीसहितका विपक्षी दलले प्रतिनिधिसभामा अवरोध गरिरहेका छन् । बुधबार बिहान ११ बजेका लागि बोलाइए पनि विपक्षी दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने कुरामा अडान कायम राखेका थिए ।

मंगलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । बिहीबार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक