"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

धर्मेन्द्र नेम्बाङका चार कृति एकसाथ सार्वजनिक

प्रकाशित मिति :  1 June, 2025 4:35 pm


काठमाडौँ- लेखक धर्मेन्द्र नेम्बाङले एकसाथ चार कृति बजारमा ल्याएका छन्। जसमा ‘कृष्णविक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो’, ‘पितापुर्खाको कथा’, ‘कांग्रेस पार्टीको रूपान्तरण र देश बनाउने विधि’ र ‘बीपी विचारधारा र हरियो समाजवाद’ छन्।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेसहित नेताहरू मधु आचार्य, गुरुराज घिमिरे, रमेश लिङ्देन, शंकर तिवारीलगायतले उक्त कृति शनिबार काठमाडौँमा विमोचन गरेका हुन्। आचार्य, घिमिरे, लिङ्देन र तिवारीले ती कृतिको समीक्षा गरेका थिए। साहित्यकार डा. विष्णुविभु घिमिरे, प्रा.डा. कुमार कोइराला र विमला तुम्खेवाले लेखकलाई शुभकामना दिएका थिए।

कृतिकार नेम्बाङले आफ्ना किताबको विमोचन गर्न उपन्यास ‘रातो बाघ’देखि नै छाडे पनि यसपटक सन्जोग परेको बताए। ‘मैले यो चाहेर भएको होइन। चारवटा कृतिको विमोचन एक सन्जोग मात्र हो’, उनले भने। यीमध्ये दुइटा (देश बनाउने विधि र हरियो समाजवाद) आफ्नो लेखन र बाँकी (क्रान्तिको बाटो र पितापुर्खाको कथा) सम्पादन रहेको उनको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ। काइँलाले नेपाली

काठमाडौँ — ११ वर्षीय बाल कथाकार नीतिक आचार्यको बाल कथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । उनको यो पहिलो एकल

काठमाडौं – अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट