"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् अवरोध खुलाउने बारेमा ओली, देउवा र दाहालबीच भेटवार्ता हुँदै

प्रकाशित मिति :  2 June, 2025 4:36 pm


काठमाडौँ – संघीय संसद् लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुँदै छ । प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार तीन नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ ४ बजेट भेटवार्ता हुने भएको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले राजीनामा माग गरिरहेको अवस्थामा शीर्ष तीन नेताबीच भेटवार्ता हुन लागेको हो । प्रधानमन्त्री ओलीले सोमाबार संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग सम्पर्क हुन नसकेको बताएका थिए । संसद्मा जारी अवरोध हटाउनेबारे आफूले खोजी गरिरहेको तर सम्पर्क हुन नसकेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठक मंगलबारदेखि चल्ने बताए । विपक्षी दलहरूले अवरोध गरे पनि बैठक सञ्चालन हुने उनको भनाइ थियो । संसद्मा मंगलबारदेखि सरकारको आगामी वर्षको बजेटमाथि छलफल सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद