"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् अवरोध खुलाउने बारेमा ओली, देउवा र दाहालबीच भेटवार्ता हुँदै

प्रकाशित मिति :  2 June, 2025 4:36 pm


काठमाडौँ – संघीय संसद् लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुँदै छ । प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार तीन नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ ४ बजेट भेटवार्ता हुने भएको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले राजीनामा माग गरिरहेको अवस्थामा शीर्ष तीन नेताबीच भेटवार्ता हुन लागेको हो । प्रधानमन्त्री ओलीले सोमाबार संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग सम्पर्क हुन नसकेको बताएका थिए । संसद्मा जारी अवरोध हटाउनेबारे आफूले खोजी गरिरहेको तर सम्पर्क हुन नसकेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठक मंगलबारदेखि चल्ने बताए । विपक्षी दलहरूले अवरोध गरे पनि बैठक सञ्चालन हुने उनको भनाइ थियो । संसद्मा मंगलबारदेखि सरकारको आगामी वर्षको बजेटमाथि छलफल सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी