"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गढी गाउँपालिका वडा न. २ मा प्रभाकर माझीको उम्मेदवारी

प्रकाशित मिति :  26 April, 2022 2:04 pm


आर्थिक विकास र समृद्ध गढी गाउँपालिका निर्माण गर्ने भन्दै नेकपा एमाले बाट प्रभाकर माझीले वडा अध्यक्ष (वडा न. २) मा उम्मेदवारी दिइएका छन् । गढी गाउँपालिका वडा न. २ मा जुन गतिमा विकास हुनु पर्ने हो त्यो नभएको र विकासको नाममा ठुलो भ्रष्टाचार, प्रचारबाजी मात्र भएको हुँदा अब गढी गाउँपालिका वडा न. २ का जनताहरुले प्रभाकरको नेतृत्व आवश्यकताका साथ महसुस गरेका हुँदा आफु चुनावमा उठेको बताए । आफू चुनाव जितेर गढी गाउँपालिका वडा न. २ लाई कायापलट पार्ने र सुन्दर सहर बनाउने  लक्ष्य लिएर चुनावमा उत्रिएको बताए । प्रभाकर माझीले गढी गाउँपालिका वडा न. २ लाई आर्थिक विकास र समृद्ध शहर निर्माण गर्ने केही योजनाहरु निम्न बनाएका छन् ।

१) गढी गाउँपालिका वडा न. २ क्षेत्रमा रहेका सरकारी, सार्वजनिक, धार्मिक सांस्कृतिक महत्वको जग्गा, जमिन कव्जा गर्ने वा अतिक्रमण गर्नेहरु लाई उच्च स्तरीय छानबिन समिति मार्फत आवश्यक कारबाही गर्ने व्यवस्था गर्ने ।

३) आर्थिक रुपले विपन्न, गरिब,जेहेन्दार र लोपोन्मुख गर्वका व्यक्तिलाई उच्च शिक्षासम्म छात्रवृत्ति प्रदान गर्ने ।

४) युवा जनशक्ति लाई उधमशीलता मार्फत रोजगारी प्रदान गर्ने ।

५) गढी गाउँपालिका वडा न. २ लाई आर्थिक, सामाजिक, सास्कृतिक जस्ता विषयलाई स्वच्छ, निस्पक्षे, पारदर्शिता र सुशासन कायम राख्नका लागि भ्रष्टाचार विरुद्ध अभियान संचालन गर्ने ।

७) वडा कार्यलमा आएको बजेटको पारदर्शिता र कार्यान्वयनमा जोड दिने ।

८) प्राकृति प्रकोप जस्तै: बाढी,पहिरो र भुकम्प जस्ता घटना घट्दा छिटोछरितो युवाहरूलाई परिचालन गर्ने ।

९) युवाहरुको व्यक्तित्व विकासको लागि प्रशिक्षण सस्था स्थापन गर्ने । ताकि पछि यिनै युवा राष्ट्रिय राजनीतिको मुल धारामा प्रवेश गरुन् ।

१०) समाज रहेका विकृति विसङति र रुढीबादी प्रथाको अन्त्य गर्ने । यस अन्तर्गत दाइजो प्रथा, बाल विवाह, जाताभात, बोक्सी प्रथा लगायत कार्यलाई जनचेतनामूलक कार्यक्रम गरि अन्त्य गर्ने ।

११) विद्यालय जान बाट बन्चित बालबालिका लाई वडाको सहयोगमा निशुल्क सग पढ्ने वातावरण मिलाउने ।

१२) सार्वजनिक पुस्तकालयको स्थापन गर्ने ।

१३) कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद मैदान,खानेपानी, सडक तथा पर्यटन विकास तीब्र गतिले काम गर्ने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तहका जनप्रतिनिधिहरूले करारका कर्मचारी कटौती गर्दा सेवा प्रवाहमा असर परेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा अनुमतिभन्दा बढी ढुङ्गा, बालुवा उत्खनन् गरेको अभियोगमा दुई जनाविरुद्ध झण्डै एक

काठमाडौँ – चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात

काठमाडौँ — हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय