"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्तारूढ दलसंगको बैठकमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको अडान कायमै

प्रकाशित मिति :  2 June, 2025 8:37 pm


काठमाडौँ – सदनको गतिरोध अन्त्य गर्ने सत्तारुढ दलको प्रस्तावलाई प्रतिपक्षी दल माओवादी केन्द्रले अस्वीकार गरेको छ। सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा प्रधानमन्त्री लगायत सत्तापक्षीय नेताहरूले गतिरोध अन्त्य गर्दै सहज रूपमा सदन चल्ने वातावरण बनाउन माओवादी नेताहरूसमक्ष आग्रह गरेका थिए।

सो क्रममा माओवादी नेताहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा आउनुपर्ने आफूहरूको अडान कायम रहेको जवाफ दिएका थिए। छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद् खोलेर अघि बढ्नुपर्ने प्रस्ताव सत्तापक्ष नेताहरूबाट आएको बताए। समग्र संसदको गतिरोधका बारेमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको उनको भनाइ छ।

भिजिट भिसा प्रकरणमा गडबड भइरहेकाले अनुसन्धान गर्नका गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्नेमा आफूहरूले जोड दिएको उनले बताए। उनले प्रतिगामीको गतिविधिका बारेमा पनि छलफल भएको उल्लेख गरे।

त्यस्तै प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले मुलुकको संविधानलाई चुनौती दिने गरी राजावादीका नाममा भएको गतिविधि राजनीतिक रुपमा संयमतापूर्वक सामना गर्दै अघि बढ्ने विषयमा स्पष्ट दृष्टिकोण रहेको बताए। उनले संसदको गतिरोध अन्त्य गर्न सकारात्मक छलफल भएको र मंगलबार सदन सहज रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

छलफलमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद