"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा बुधबारसम्मका लागि स्थगित

प्रकाशित मिति :  9 June, 2025 10:02 pm


काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेमात्र बस्ने भएको छ। सोमबार बसेको बैठकमा विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी आधा घन्टाका लागि स्थगित भएकोमा दलहरूबीच सहमति नभएपछि संसद् सचिवालयले सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले १३ जेठदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका छन्।

यसअघि बसेको बैठकमा सभामुख देवराज घिमिरेले दलहरूबीच सहमतिको प्रयास भइरहेकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर विपक्षी दलहरूले माग पूरा नभएसम्म संसद् सञ्चालन हुन नदिने अडान लिएपछि बैठक स्थगित गरेका थिए।

सभामुख घिमिरेले संसद्‌को अवरोध हटाउन निरन्तर छलफल गर्दै आएका छन् भने दलहरूले आपसी छलफल र समन्वयलाई गति दिएका छन्। सत्तारुढ दल कांग्रेसले संसद्‌मा अवरोध हटाउने विषयमा विपक्षी दलहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेको छ। उक्त प्रकरणमा माओवादी केन्द्र खुकुलो भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेसबीच भने सहमति हुन सकेको छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी