"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपक्षी दलहरूद्वारा आज पनि संसद् बैठक अवरुद्ध

प्रकाशित मिति :  11 June, 2025 4:17 pm


काठमाडौँ – विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेपछि बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराए लगत्तै विपक्षी दलहरू आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै संसद् अवरुद्ध गरेका थिए।

भिजिट भिसा प्रकरणको छानबिन कसरी गर्ने भन्नेमा दलहरूबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैठक बारम्बार अवरुद्ध भइरहेको छ। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३:१५ का लागि सारिएको थियो। रास्वपा, माओवादीलगायतका दलहरूले ‘कारबाही गर, कारबाही गर’ भन्दै नाराबाजी गरेका थिए।

सभामुख घिमिरेले विपक्षी दलका सांसदलाई पटकपटक बस्न आग्रह गरे पनि र्ठेर नाराबाजी गरिरहेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको बताए ।

भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन्। सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरूले पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद