"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

किसानलाई उन्नत जातको बिउ दिएर धानको उत्पादन तीन गुणा वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

प्रकाशित मिति :  27 April, 2022 10:22 pm


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित संचालन र गुणस्तर प्रमाणिकरणका बिषयमा छलफल भएको थियो ।
सो छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै बर्षदेखी घटाउनुपर्ने दबाब रहेको बताउनुभयो । ‘दुई महिनादेखी मैले धानको उन्नत बिउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन’ उहाँले भन्नुभयो । मन्त्री शर्माले नेपालमा सुचिकृत भएका उन्नत जातको धान बिउको सुची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहिबार पुनः छलफलमा आउन निर्देशन दिनुभएको छ ।
‘हामीले उन्नत जातको बिउ प्रयोग ग¥यौं भने यसै बर्षदेखी कम्तीमा तीन गुणा बढी धान उत्पादन गर्ने देखिन्छ । यो काम गर्न ढिला नगरौं’ उहाँले भन्नुभयो, ‘मंसिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौं भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन ।’ उन्नत जातको बिउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदान बापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उहाँले बताउनुभयो ।
‘उन्नत बिउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस, हामी दिन्छौं । थोरै पैसा खर्च गर्दा अरबौंको चामल आयात घटाउन सकिने देखिएको छ’ अर्थमन्त्री शर्माले भन्नुभयो । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बिउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । ‘सरकारले बोलाएर काम दियो भने उनीहरु उत्साहित हुन्छन्’ सचिव मरासिनीले भन्नुभयो ।
छलफलमा कृषि सचिव डा. गोबिन्द शर्माले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सुचिकृत गुणस्तरको बिउ ल्याउन निर्देशन दिइसकेको बताउनुभयो । धानको उत्पादकत्व औषतमा ३.५ मेट्रिक टन प्रति हेक्टर रहेको जानकारी दिदै उन्नत जातको बिउ बितरण गरे उत्पादनमा धेरै सुधार हुने जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय