"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस, एमाले र माओवादीको सहमतिमा प्रतिनिधिसभा बैठक सञ्चालन

प्रकाशित मिति :  13 June, 2025 10:26 pm


नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षदलहरुले विरोध गर्दै । तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौँ – कांग्रेस, एमाले र माओवादीको साथ पाएपछि सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठक जबरजस्ती रूपमा सञ्चालन गरेका छन्। भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राखिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका सांसदले उठेर नाराबाजी गर्दागर्दै पनि सभामुख घिमिरेले बैठक सञ्चालन गरेका हुन् ।

बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले मानव तस्कर मुर्दाबाद, गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाइरहेका थिए। उनीहरूले होहल्ला गर्दा पनि सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्न दिएका हुन्। भिसिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गृहमन्त्री लेखकले गरे। उनले छानबिन प्रक्रियामा सघाउन आफूले सक्दो सहयोग गर्ने पनि बताए। उनले आफूमाथि मानव तस्करीको आरोप लगाएर राजनीतिक चरित्रहत्या गर्न खोजेको पनि बताए।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३५ मा बैठक कक्षभित्र अव्यवस्था भएमा वा हुन लागेमा वा बैठक नियमित रूपले सञ्चालन गर्न बाधा पर्ने देखिएमा सभामुखले सो दिनको कुनै समयसम्म वा आफूले तोकेको अवधिसम्मको लागि बैठक स्थगित गर्न सक्नेछ।सभामुखले गरेको त्यस्तो स्थगनमाथि कुनै सदस्यले प्रश्न उठाउन पाउनेछैन भन्ने व्यवस्था छ।

यसअघि शुक्रबार नै सत्ताधारी दल नेकपा एमाले र कांग्रेस तथा माओवादीबीच बैठक सञ्चालनका विषयमा दुईबुँदे सहमति भएको थियो। उक्त सहमतिमा प्रतिपक्षी माओवादी, एकीकृत समाजवादी, आमजनता पार्टीले सहमति जनाए पनि रास्वपा र राप्रपाले विरोध जनाएका छन्। सहमतिमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे र उनीमाथिको छानबिनबारे केही उल्लेख छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद