"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्को अवरोध खुलाउनेबारे पाँच दलसँग छलफलमा सभामुख

प्रकाशित मिति :  16 June, 2025 12:44 pm


काठमाडौँ – प्रमुख विपक्षी दल माओवादीसँग सहमति भए पनि रास्वपा, राप्रपा लगायतका दलको अवरोध जारी रहेपछि सभामुख देवराज घिमिरले अहिले संसद् भवन बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल जारी राखेका छन् ।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् ।

सभामुख घिमिरेले संसद्‍मा जारी अवरोधबारे आज बिहान मात्रै रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए ।

भिजिट भिसा प्रकरणमा संसदीय वा न्यायिक छानबिन समिति गठनको माग गर्दै रास्वपाले प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘वेल’ घेराउ र नाराबाजी गरेको थियो । विपक्षीले विरोध गरे पनि सभामुख घिमिरेले बैठकको कार्यसूची अघि बढाएका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि संलग्नताको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी माओवादी, विपक्षीहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतले जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विरोध गर्दै आएका थिए ।

जेठ ३० मा माओवादी र एमालेबीच भएको दुईबुँदे सहमतिपछि माओवादी र एकीकृत समाजवादी संसद्को विरोधबाट पछाडि हटेका छन् भने रास्वपा ‘वेल’ मा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद