"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा बजेट छलफल : बचाउमा सत्तापक्ष, विरोधमा प्रतिपक्ष

प्रकाशित मिति :  16 June, 2025 4:23 pm


काठमाडौँ– सत्तारुढ दलका सांसदहरुले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै स्वागत गरेका छन् भने विपक्षी दलका सांसदहरुले बजेटको विरोध गरेका छन्।

सोमबार रास्वापा सांसदहरुको वेल घेराउकाबीच प्रतिनिधिसभा बैठकमा भएको बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताए।

बजेटले उच्च, दिगो, फराकिलो आर्थिक वृद्धि दर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सावर्जनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने विषय प्राथमिकतामा राखेको उनले बताए। सांसद कार्कीले बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको धारणा राखे।

त्यस्तै एमाले सांसद पदम गिरीले मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा केन्द्रित गर्दै बजेट आएको बताए। सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न योग्य रहेको र आर्थिक लक्ष्य हासिल गर्नका लागि सहयोग गर्ने सांसद गिरीको भनाइ छ।

सांसद गिरीले युवा पुस्ताहरुलाई नेपालमा नै रोजगारी दिएर विदेश पलायन हुनबाट रोक्ने सरकारको नीति सही रहेको जिकिर गरे।

त्यस्तै माओवादी सांसद शक्ति बस्नेतले सरकारले बिनियोजन गरेको बजेट संघीयतालाई कमजोर पार्ने प्रकारको रहेको आरोप लगाए। योजना र बजेटको असन्तुलनले संघीयतामाथिको धारणालाई कमजोर पार्ने उनको भनाइ छ। उनले ऊर्जा विकास मार्गचित्र कार्यान्वयन गर्नका लागि कहिँपनि ध्यान नदिइएको बताए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बजेटलाई मन्त्रीहरुले आफ्नो क्षेत्र केन्द्रीत गरेको आरोप लगाए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद